Logo

अहिलेसम्म २२ कम्पनीले गरे लाभांश घोषणा, यी कम्पनीका सेयरधनीले दशैं अघि नै पाउने

अहिलेसम्म २२ कम्पनीले गरे लाभांश घोषणा, यी कम्पनीका सेयरधनीले दशैं अघि नै पाउने



काठमाडौं । धितोपत्र बजारमा दर्ता भएर कारोबार गरिरहेका २२ कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानी कर्तालाई लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच वाणिज्य बैंक, एक लघुवित्त कम्पनी, एक होटल र १५ म्युचुअल फन्डले आफ्ना सेयर लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

laxmi

लाभांश घोषणा गर्ने पाँचवटा नै वाणिज्य बैंकहरुले बुक क्लोज र साधारण सभाको मिति तय गरिसकेका छन् । यी पाँच वाणिज्य बैंकले दसैं अघि नै साधारण गरिसक्ने र आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्ने तयारी गरेका छन् । पाँचवटा बैंकमध्ये गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एनआइसी एसिया रहेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २९ प्रतिशत बोनस र करप्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । माछापुच्छ्रे बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश सहितको लाभांश घोषणा गरेको छ । यस्तै एभरेष्ट बैैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.४३ प्रतिशत नगत लाभांश घोषणागरेको छ । सिटिजन्स बैंकले पनि कर प्रयोजन सहित ५.७९ प्रतिशत नगद लाभांशमात्र घोषणा गरेको छ ।

यता, लघुवित्त कम्पनीहरु मध्ये युनिक नेपालले मात्रै घोषणा गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । यसले बोनस र कर प्रयोजनका लागि नगदसहित गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीले १९ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर सहित २० प्रतिशत लाभांश घोषणागर्ने घोषणा गरेको हो ।

होटल समूहअन्तर्गत ओरियन्टल होटल्सले मात्रै लाभांश प्रस्ताव गरेको छ । यसले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको छ । यसैगरी, म्युचुअल फण्ड तर्फ १५ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने घोषणा गरिसकेका छन ।

कुन म्युचअल कम्पनीले कत्ति लाभांश घोषणा गरे ?

प्रतिक्रिया दिनुहोस्
MBL