Logo

सुन आयातको कोटा बढ्यो, अब दैनिक २० किलो सुन आयात गर्न पाईने

सुन आयातको कोटा बढ्यो, अब दैनिक २० किलो सुन आयात गर्न पाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले अब दैनिक २० किलो सुन आयात गर्न पाईने व्यवस्था गरेको छ । बुधबार राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै सुन आयातको कोटा बढाएको हो ।

laxmi

यसअघि नेपालमा दैनिक १० किलो मात्रै सुन आयात गर्न पाईने व्यवस्था थियो । यसले हालको करिव १० देखि १५ किलोको दैनिक मागलाई धान्न नसकेको सुन व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

सोही अनुसार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले सुन आयातको दैनिक कोटा १० किलोबाट बढाएर २० किलो पुर्याउन राष्ट्र बैंकमा सिफारिस गरेको थियो । जसअनुसार राष्ट्र बैंकले उक्त व्यवस्था गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL