Logo

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त, चार बर्षको कार्यकाल रहने

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त, चार बर्षको कार्यकाल रहने



काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । राष्ट्रिय बाणिज्य बैंकबाट सेवा निवृत्त अधिकारी कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

laxmi

अधिकारी राष्ट्रिय बाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका हुन् । कोषका यसअघिका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल सकिएपछि उक्त पदमा नयाँ नियुक्तिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा सिफारिस उपसमिति गठन गरेको थियो ।

उपसमितिले तीन जनाको कविराज अधिकारी, अशोक पौडेल र लीलाराज ढकाललाई सिफारिस गरेको थियो । तीनजना मध्यबोट सञ्चालक समितिले अधिकारीलाई कोषको प्रमुखका रुपमा छानेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL