Logo

पदबहालीसँगै अर्थसचिव पुष्करले भने-मौद्रिक र वित्त नीति मिलाएर निजीक्षेत्रको मनोबल उकास्दै अर्थतन्त्र चलायमान बनाउनेछु

पदबहालीसँगै अर्थसचिव पुष्करले भने-मौद्रिक र वित्त नीति मिलाएर निजीक्षेत्रको मनोबल उकास्दै अर्थतन्त्र चलायमान बनाउनेछु



काठमाडौं । अर्थ मन्त्रालयका नवनियुक्त सचिव कृष्णहरि पुष्करले पदबहाली गरेका सम्हालेका छन् । अर्थमन्त्रालयको सचिवको जिम्मेवारी दोश्रोपटक ग्रहण गर्दै सचिव पुष्करले मौद्रिक र वित्त नीति मिलाएर निजीक्षेत्रको मनोवल उकास्दै अर्थतन्त्र चलायमान बनाउने घोषणा गरे । देशको राजस्व उठौती र व्यवसायिक वातावरणको अवस्था हेर्दा सकारात्मक अवस्था नरहेको उल्लेख गर्दै सचिव पुष्करले अर्थमन्त्रालयको टीम आजैदेखि एक्सनमा उत्रने प्रतिवद्वता जनाए । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन्। उनलाई राजस्व सचिव डा। राम प्रसाद घिमिरेलगायत मन्त्रालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

laxmi

‘अर्थसचिवको पदवहाली गरिरहदा अर्थतन्त्रमा ८०५ भन्दा बढी योगदान दिनुहुने उद्योगी व्यवसायीको मनोवल उच्च बनाउदै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी हामीमा आएको छ । यसका लागि नेपाल सरकार र अर्थमन्त्रीज्युको निर्देशनमा सिंगो अर्थमन्त्रालयको टीम आजैदेखि एक्सनमा उत्रने प्रतिवद्वता जनाउन चाहन्छु’, पुष्करले भने ।

देशमा भुक्तानी सन्तुलन, विदेशी मुद्रा संचिति र तरलताको अवस्था हेर्दा एकदमै राम्रो अवस्था रहेको तर पनि अर्थतन्त्र चलायमान हुन नसकिरहेको बताउँदै सचिव पुष्करले वित्त नीति र मौद्रिक नीतिबीचको तादम्यता नमिलाईकन देशको अर्थतन्त्र अघि बढाउन नसकिने उललेख गरे । ‘तसर्थ मेरो प्राथमिकता वित्त र मौद्रिक नीतिबीच तादम्यता मिलाएर उद्योगी व्यवसायीहरूलाई साथमा लिएर देशको अर्थतन्त्र चलायमान बनाउनेमा हुनेछ’, उनले भने ।

यस्तै सचिव पुष्करले सेयर बजार सुधारमा पनि काम गर्ने बताए । ‘अर्को अहिले सेयर बजारका लगानीकर्ताहरू पेनिक भैरहेका छन् । कुनै समय ३२०० विन्दुमा पुगेर ४४ खर्वको पुजीकरण भएको नेप्से अहिले नयाँ कम्पनी थपिदा पनि घटेर १९ सय बिन्दुमा झरेको छ भने पुजीकरण ३० अर्वमा झरेको छ भने सरकारले पनि राजस्व गुमाउन पुगेको छ । डिम्याट खाताको आधारमा ५८ लाख लगानीकर्ता आबद्ध रहेको बजारमा अहिले उहाहरूको मनोवल उकास्नुपर्ने जरूरी देखिएको छ । साथै पुजीबजारको विकासको लागि कडा नियमन र शुद्धीकरणको पनि जरूरी देखिएको छ’, पदबहाली कार्यक्रममा उजले भने ।

सचिव पुष्करले अहिले मसल ड्रेन र ब्रेन ड्रेनवीथ क्यापिटल फ्लाईट भैरहेको अवस्था रहेको भन्दै देशमा दक्ष जनशक्तिका साथै उद्योगहरूले अर्धदक्ष र अदक्ष कामदार समेत पाउन छाडेका बताए । दिर्घकालिन रूपमा उक्त समस्यासँग जुध्न कम्प्लीट पोलेसी रिफर्म गर्नु जरूरी रेको र जुन कुरा सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढाएर देशभित्रै रोजगारी सिर्जना गर्ने केन्द्रीत हुने तथा हाल भैरहेका नीतिहरूको निर्मम समीक्षा गर्ने उनले उल्लेख गरे ।

अहिले निजीक्षेत्रले आफ्नो कन्फिडेन्स लुज गरेको अवस्था रहेको जनाउँदै सचिव पुष्करले भने–‘हामी आर्थिक समृद्धिको एजेन्डा लिएर अघि बढेका छौ । तसर्थ अबमा दिन यस कार्यमा सरकारसँग हातेमालो गरेर अघि बढ्न सबैलाई आब्हान गर्दछु ।’

पुष्कर यसअघि पनि अर्थ मन्त्रालयको सचिव भइसकेका छन् । उनी २०७९ साउनमा अर्थ सचिव बनेका थिए । बजेट विवादमा अर्थसचिव मधु मरासिनीको सरूवा भएपछि २०७९ साउनमा कृष्णहरि पुष्करलाई अर्थसचिव बनेका थिए। तर, २०७९ पुसमा सरुवा भएका थिए। त्यसपछि तोयम राया अर्थ सचिव बनेका थिए । ४ महिनापछि अर्थात् २०८० वैशाखमा रायाको पनि सरुवा भएको थियो। रायापछि २०८० बैशाखमा अर्जनु पोखरेल सचिव नियुक्त भएका थिए। उनी पनि ४ महिना मै सरुवा भएर उनको स्थानमा कृष्णहरि पुष्कर आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
MBL