Logo

कोशी सरकारद्वारा बजेट अध्यादेश जारी, बजेट शून्यताको अवस्था हट्यो

कोशी सरकारद्वारा बजेट अध्यादेश जारी, बजेट शून्यताको अवस्था हट्यो



काठमाडौं । कोशी प्रदेश सरकारले आइतबार बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।

laxmi

सरकारले सिफारिस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । यसअघि कार्की नेतृत्वको सरकारले नै गएको जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । भदौ ११ देखि कोशी प्रदेशमा बजेट शून्यता थियो ।

बजेट शून्यताले प्रदेशभरिका मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन, यातायात व्यवस्था कार्यालयमा गाडी दर्ता, नवीकरण, साना उद्योग दर्ता, मनोरञ्जन, विज्ञापन र दहत्तरबहत्तर ९गिट्टी, बालुवा० कर सङ्कलन प्रभावित भएको थियो । यो अध्यादेशपछि बजेट शून्यको अवस्था सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL