Logo

नेपालको सबै बीमा कम्पनीले जोखिम मोल्न नसक्ने, पुनर्बीमा कम्पनी नेपालमा अनिवार्य अर्थमन्त्री ; डा. महत

नेपालको सबै बीमा कम्पनीले जोखिम मोल्न नसक्ने, पुनर्बीमा कम्पनी नेपालमा अनिवार्य अर्थमन्त्री ; डा. महत


रामराजा श्रेष्ठ
0
Shares

unnamedबीजखबर संवाददाता
पुस ७, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले नेपालको सबै विमा कम्पनीले जोखिम मोल्न नसक्ने बताएको छ । आज आइतबार राजधानीमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको औपचारिक उद्घाटन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
अर्थमन्त्री महतले नेपालको विमा कम्पनीहरुले पुनर्बीमाको लागी अर्बौ पैसा विदेशी विमा कम्पनीसँग साझेदारी गर्ने बाध्यतमक अवस्थालाई  नेपाल पुनर्बीमा कम्पनीले आफ्नै देशमा सो रकम रोक लगाएको बताए । उनले नेपालको विमा कम्पनीहरुले २०१५ को मार्च सम्म मात्र विदेशी विमा कम्पनीसँग सहकार्य गर्ने यस पछि नेपालमा नै पुनर्बीमा गर्ने व्यवस्थाा गरिएको बताए । यसलाई प्रभावकारी र विश्वनियता बनाउनको लागि सरकारले नीति तथा कानुन बनाउने अर्थमन्त्री डा. महतले जानकारी दिए ।
प्रधानमन्त्रीको आर्थिक सल्लाकार चिरञ्जीवि नेपालले विमा कम्पनीले फरक ढंगले कान सुरु गर्नु पर्ने र जनतालाई झुक्याउन नहुने बताए । उनले विमा कम्पनी व्यवसायलाई व्यवस्थापन गर्न ढिलाइ भएको बताउँदै अब नयाँ सोच र योजनाले विमा कम्पनीले काम गर्नु पर्ने सुझाव दिएका थिए ।
यसैगरी कार्यक्रममा बीमक संघका अध्यक्ष विजय बहादुर शाहाले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड औपचारिक रुपमा उद्घाटन भएको खुसि व्यक्त गर्दै सरकारले विमा कम्पनी जस्तो संस्थालाई ढिलै दर्ताको लागि कदम चालेको अब नेपालले हिनताबोध गर्नु पर्ने बताए । विमा कम्पनी व्यसायीहरुलाइ थप उत्साह थपेको बताए । नेपाल पुनर्बीमा कम्पनी जवाफदेहिता र विश्वास घटाउन नहुनेमा जोड दिए । बीमक अध्यक्ष शाहाले उनले जस्तो सुकै जोखिम उठाउन तत्पर हुनु पर्नेमा तर्क राखेका थिए ।
यसैगरी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका अध्यक्ष शोमा कान्त पौडलले अब नेपालको विमा कम्पनीहरु हिजोका दाँजोमा जे जस्तो सुकै भएता पनि फरक नयाँ शैलीमा सञ्चालन हुने बताए । उनले विदेशी विमा कम्पनीलाई पठाउनै अरबका अरब पैसा नेपाल भित्रनै नेपाल पुनर्बीमा कम्पनीमा रहने बताए ।
यसैगरी कार्यक्रममा बीमा समितिका अध्यक्ष प्रा.डा. फत्त बहादुर केसी, अर्थ सचिव सुमन शर्माले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाइ शूभकामना मन्तव्य दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL