Logo

सप्तकोशी नदीमा जलसतह उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा जलसतह उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो



काठमाडौँ । सप्तकोशी नदीमा जल सतह उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पानीको बहाव बढेपछि गए राति नै ५६ वटै ढोका खोलिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

laxmi

ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान पानीको बहाव ३ लाख ८३ हजार ८०५ क्यूसेक मापन भएको छ ।

यद्यपि अब पानीको बहाव पनि घट्दै गएको र खतराको संकेत टर्दै गएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् । कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL