Logo

महासंघको आन्दोलन जारी, आइतवार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिने

महासंघको आन्दोलन जारी, आइतवार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिने



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सबै प्रमुख राजनीतिक दलका नेताहरूलाई अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ ।

laxmi

केन्द्रमा महासंघले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका पार्टीका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाएको हो । त्यस्तै महासंघले प्रधानमन्त्री कार्यालय सहित गृह र विकासे मन्त्रालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाइसकेको छ ।

महासंघ मातहतका सात प्रदेश महासंघहरूले मुख्य मन्त्रीहरूलाई, प्रदेश स्तरीय राजनीतिक दलका प्रतिनिधिहरूलाई र ७७ जिल्ला संघहरूले पनि जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइसकेका छन् । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग सहित नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनरत छ ।

अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरू एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु।अ।करको कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित् सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने माग महासंघले अघि सारेको छ ।

यसैबीच आन्दोलनको अर्को चरणअन्तरगत महासंघले साउन १४ गते आइतवार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमनको कार्यालय मा विहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिने भएको छ । साउन १५ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजेदेखि एक घण्टा धर्ना दिने कार्यक्रम महासंघले सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL