Logo

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, के छन नयाँ व्यवस्था ?

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, के छन नयाँ व्यवस्था ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्ने भएको छ । बोर्डले आफ्नो वेवसाइटमार्फत शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।

laxmi

बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आवमा गर्ने काम तथा गत आर्थिक वर्षमा गरिएका कामहरुको विवरण सार्वजनिक गर्ने गरेको छ । चालु आर्थिक वर्षमा बोर्डले गर्ने मूख्य काम पुँजी बजारलाई प्रविधिमैत्री बनाउँने, पुँजी बजारमा विदेशी लगानीकर्ता भित्र्याउने, बुक बिल्डिङमार्फत आइपीओ निष्कासन प्रक्रियालाई पूर्णता दिनेलगायतका योजनाहरु रहेको बोर्ड श्रोतले जानकारी दिएको छ ।

अन्य वर्ष पत्रकार सम्मेलन गर्ने गरेको बोर्डले यसपटक भने आफ्नो वेवसाइटमा नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए । ‘अन्य वर्ष पत्रकार सम्मेलन गरेर नीति तथा कार्यक्रम ल्याउने गरेका थियौ । यस वर्ष समय कम भएको कारण वेवसाइटमार्फत नै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने अवस्था आयो,’, हमालले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL