Logo

क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान ढिलाई प्रकरण, नेपाल एयरलाइन्सले बनायो छानबिन समिति

क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान ढिलाई प्रकरण, नेपाल एयरलाइन्सले बनायो छानबिन समिति



काठमाडौं । क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान ढिलो भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । निगमको आरए ४२२ उडान भर्नु अगाडी एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो । अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ ।

laxmi

निगमले भनेको छ- आज मिति १८ जुलाई, २०२३ मा क्वालालम्पुर -भैरहवा – काठमाडौ सेक्टरमा RA 422 उडान भर्नु अघि निगमको 9N -AKW जहाजको नियमित Inspection गर्दा Crew Oxygen Bottle को Pressure कम हुन गएको देखिएकोले पुर्व निर्धारित समयमा उडान हुन नसकेको तर अहिले सो को व्यवस्था भै सकेकोले जहाज उड्ने तयारीमा रहेको छ । के कस्तो कारणले यस्तो प्राबिधिक समस्या आएको हो सो को सत्य तथ्य पत्ता लगाउन र भबिस्यमा यस्तो समस्या हुन नदिन कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीद्वारा एक छानबिन समिती गठन गरि कारबाही अगाडि बढाइएको छ ।

उडान ढिलो (Delay) भएकोमा आगामी दिनमा यस्तो हुन नदिने बिश्वास दिलाउंदै निगम क्षमाप्रार्थी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL