काठमाडों । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो ।
यसअघि सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ थियो । आज उक्त मूल्य बढ्दै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा गएको आईतबारदेखि चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।