Logo

ट्राफिक प्रहरीको लापसे चेकिङ : चालु आर्थिक वर्षमा १ सय ४९ जना चालकहरू नियन्त्रणमा

ट्राफिक प्रहरीको लापसे चेकिङ : चालु आर्थिक वर्षमा १ सय ४९ जना चालकहरू नियन्त्रणमा



काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४९ जना चालकहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी वृत्तहरूमा पठाएको छ ।

laxmi

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र सम्बन्धित प्रहरी कार्यालयहरूको संयुक्त टोलिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई चेक गर्दै आएको छ । चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाएरनचलाएको सम्बन्धमा टिएचसि किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।

हिजो भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी मधेश प्रदेश-०३-००१ ज ०३ ०३ नम्बरको भाडाको विङगर चलाएका सर्लाहीको लालबन्दीका ३२ वर्षीय राजिव कार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ ।

लापसे गरी सवारी साधन चलाउने चालक मध्ये भाडाका सवारी साधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL