Logo

‘बल्छी ध्रुवे’सहित ११ जना कलाकारविरुद्ध मुद्दा दर्ता, ३ देखि १० वर्ष कैद माग

‘बल्छी ध्रुवे’सहित ११ जना कलाकारविरुद्ध मुद्दा दर्ता, ३ देखि १० वर्ष कैद माग



काठमाडौं । ‘वान एक्स बेट’ मा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरहरूसहित ११ जनालाई तीन देखि १ वर्षसम्मको कैद माग गर्दै मुद्दा दर्ता भएको छ ।

laxmi

सरकारी वकिलको कार्यालयले ११ जनाविरूद्व जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । प्रहरीले वान एक्स बेटमा संलग्न रहेको आरोपमा कलाकार बेगम नेपाली, मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु पौडेल ‘राजु मास्टर’, पवन खतिवडा ‘म्याकुरी’, सरोज घिमिरे, जलन घर्ती मगर र कुशल पोखरेलविरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरू गत जेठ ३२ गते पक्राउ परेका थिए ।

यस्तै यस प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी पत्नी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ११ माइती भई लम्कीचुहा–१० की २९ वर्षीय अनिता धितालविरूद्ध पनि मुद्दा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL