Logo

२२.७ प्रतिशतले बढ्यो रेमिट्न्यान्स आप्रवाह, एघार महिनामा ११ खर्ब १२ अर्ब भित्रियो

२२.७ प्रतिशतले बढ्यो रेमिट्न्यान्स आप्रवाह, एघार महिनामा ११ खर्ब १२ अर्ब भित्रियो



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) आप्रवहामा २२.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो।

laxmi

अघिल्लो वर्षको आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ४६।६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४ सय १५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८।३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL