Logo

३९.२६ अंकले घटयो सेयर बजार, १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट

३९.२६ अंकले घटयो सेयर बजार, १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा ठूलो अंकको गिरावट देखिएको छ । बुधबार सेयर बजार मापन नेप्से सूचक ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा ओर्लिएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भने सेयर बजार समयमा १२.७३ अंकले बढ्दै २०८८ को विन्दुमा पुगेको थियो।

laxmi

बुधबार २७७ कम्पनीको ८० लाख ९२ हजार ९ सय ९६ कित्ता सेयर ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १ सय ३६.७८ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। आज कारोबामा आएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।

आज सबैभन्दा धेरै जीवन बीमा कम्पनी उपसमूह तर्फको मूल्यमा गिरावट आएको छ। यस उपसमूहको सेयर मुल्य आज ३.३१ प्रतिशतले घटेको छ। यसैगरी, निर्जीवन बीमा कम्पनी समूहको सेयर मूल्यमा पनि २.७५ प्रतिशतको गिरावट आएको छ।

मंगलबार सबैभन्दा कम बैकिङ समूहको सेयर मूल्य घटेको छ। यस समूहको सेयर मूल्य आज ०.९० प्रतिशतलेमात्र घटेको नेप्सेले जानकारी दिएको छ। आज कारोबारमा आएको १४ कम्पनीको सेयर मूल्य बढेको छ। २०८ कम्पनीको सेयर मूल्य घटेको छ। २ कम्पनीको सेयर मूल्य यथावत रहेको छ।

मंगलबार दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन्। दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार सबैभन्दा धेरै भएको छ ।

यस कम्पनीको सेयर कारोबार आज १६ करोड ४९ लाख १२ हजार ५ सय ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार धेरै हुँने दोस्रो कम्पनी हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ। यस दिन यो कम्पनीको १३ करोड ९० लाख ८८ हजार ९ सय २० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL