Logo

स्टक ब्रोकरको अध्यक्षमा रेग्मी निर्वाचित

स्टक ब्रोकरको अध्यक्षमा रेग्मी निर्वाचित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
६ पुस, काठमाडौं । स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा प्रियराज रेग्मी निर्वाचित भएका छन् । एसोसिएसनको २०औं साधारणसभाले रेग्मीको अध्यक्षमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

stock
एसोसिएसनको उपाध्यक्षमा सरिता अधिकारी, महासचिव नितेशकुमार अग्रवाल, सचिव दिनेशराज सापकोटा र कोषाध्यक्षमा रामकृष्ण तिवारी निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरूमा सदीप जलान, विनयभक्त श्रेष्ठ, अनन्तकुमार पौडेल, रामचन्द्र भट्टराई र भक्तिराम घिमिरे छन् । एसोसिएसनको साधारणसभाको उद्घाटन अर्थमन्त्री डा. रामशरण महत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL