Logo

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ



काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई मंगलबार पक्राउ गरेको छ । सीआईबी स्रोतका अनुसार केही बेरअघि उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

laxmi

ललिता निवासको जग्गा प्रकरणमा सीआईबीले गत वर्ष नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो । तर अहिले ब्युरोले फाइल खोलेर आरोपितलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL