Logo

पूर्वी नेपालमा बाढीको वितण्डा, बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

पूर्वी नेपालमा बाढीको वितण्डा, बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन



काठमाडों । पूर्वी नेपालका विभिन्न जिल्लामा अविरल बर्षाका कारण बाढी पहिरो आउँदा धनजनको क्षति भएको छ । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको हो । शनिबार राति आएको बाढी र पहिरोमा परी हालसम्म २५ जना बेपत्ता भएको जानकारी आएको छ ।

laxmi

बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् ।

उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गरेका छन् । प्रधानमन्त्री दाहालले बाढी पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गरेका छन् ।

गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७ र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बाढीले मेची राजमार्ग अवरुद्ध भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL