Logo

पर्यटनमा संकुचनले सेवा क्षेत्र ५७ अर्बले घाटामा, नेपालीको भ्रमण खर्च ३५ प्रतिशत बढ्यो

पर्यटनमा संकुचनले सेवा क्षेत्र ५७ अर्बले घाटामा, नेपालीको भ्रमण खर्च ३५ प्रतिशत बढ्यो



काठमाडौं । करिव २ बर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा अझै पर्यटन क्षेत्रको पुनरुत्थान हुन सकेको छैन । जसका कारण चालु आर्थिक बर्षको १० महिनामै नेपालले खुद सेवा आय घाटा ५७ अर्ब ७४ करोड रुपैयाँ व्यहोरेको छ ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको १० महिनामा विदेशबाट आउने पर्यटकभन्दा धेरै नेपालीहरु विदेशमा घुम्न गएपछि सेवाघाटा ५७ अर्ब पुगेको हो । यो घाटा गत आवको सोही अवधिको भन्दा भने कम हो । गत आवको पहिलो १० महिनामा नेपालको खुद सेवा आय ८८ अर्ब १८ करोड रुपैयाँले घाटामा थियो ।

राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९३.८ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २६ अर्ब ७७ करोड रहेको थियो ।

यस्तै बैशाख महिनासम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय ३५.३ प्रतिशतले वृद्धि भई १ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ७५ अर्ब १४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ५१ अर्ब ३४ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL