Logo

मुर्रा राँगा सम्झौता सात वर्ष अगाडिको हो, मान्छेले मलाई भैसी चढाए : प्रधानमन्त्री प्रचण्ड

मुर्रा राँगा सम्झौता सात वर्ष अगाडिको हो, मान्छेले मलाई भैसी चढाए : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुर्रा राँगाको बारेमा पनि प्रष्ट पारेका छन् । प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुर्रा भैसी ल्याउने सम्झौता सात वर्ष अगाडिको सरकारले सम्झौता गरेको र त्यसको कार्यान्वयनमात्रै अहिले भएको उनले बताएका हुन् ।

‘भैसी यो भैसीको कुरा अहिले भएको विषय होइन ? यो आजभन्दा सात वर्ष अगाडि नै मुर्रा भैसी ल्याउने बारे समझदारी भएको रहेछ । आएकोमात्रै अहिले हो ? सात वर्ष अगाडिको रहेछ मुर्रा भैसी । मान्छेले मलाई चाहिँ भैसी चढाएर हिडेका छन् । मुर्रा हो, मुर्रा,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL