Logo

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । २०८० जेठ २ गते बसेको बैठकले आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई नियुक्त गरेको हो ।

सिराहा जिल्ला, सिराहा नगरपालिका वार्ड नं १ स्थायी घर भई हाल नयाबानेश्वर, काठमाडौं बसोवास गर्दे आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन् ।

व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको छ ।

धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं. ७ धनकुटा बजारमा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका वडा नं. १ पुष्पलालचौक विराटनगर, मोरङमा कर्पोरेट कार्यालय रहेकोे वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालय मार्फत २० हजार भन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL
NTC