Logo

नक्कली शरणार्थी प्रकरणमा पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी, फोन स्विच अफ गरेर सम्पर्कविहीन बने

नक्कली शरणार्थी प्रकरणमा पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी, फोन स्विच अफ गरेर सम्पर्कविहीन बने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । शेर्पालाई प्रहरीले खोजिरहेको छ । शेर्पा अहिले मोबाइल फोन स्विच अफ गरेर सम्पर्क विहीन बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This