Logo

Global_Ime

पशुपतिमा अब निशुल्क शव दाह गर्न सकिने, थप ४ ओटा शवदाहगृह थपिँदै

पशुपतिमा अब निशुल्क शव दाह गर्न सकिने, थप ४ ओटा शवदाहगृह थपिँदै



काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरुलाई अब पशुपति क्षेत्र विकास कोषले निशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ ।

laxmi bank orange saving
NABIL

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आईतवार बसेको पशुपति क्षेत्र विकास कोषको संचालन परिषदको बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याईने शवहरुलाई थप विद्युतीय शव दाहगृहको व्यवस्था गरी निशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. थापाका अनुसार पशुपतिमा शवहरुको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतिय शव दाहगृह रहेका छन् । तीमध्ये एउटाको मेशिन विग्रीएर एउटा शव दाहगृह मात्र संचालनमा रहेको अवश्थामा सो हि स्थानमा थप ४ वटा विद्युतिय शवदाह गृह निर्माण गरिने भएको छ ।

अहिले संचालनमा रहेको एक विद्युतिय शव दाहगृह र थप ४ वटा विद्युतिय शव दाहगृह निर्माण पछि जम्मा ५ वटा विद्यूतिय शव दाहगृह हुने छ । यी विद्युतिय शव दाहगृह निर्माणको काम सकिएसंगै पशुपति क्षेत्र विकास कोषले सबै शवहरुको निशुल्क दाहसंस्कार गर्ने तयारी गरेको बताईएको छ । अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापट दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतिय शव दाहगृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Everest
citizens_bank
ntc