Logo

सेक्युरिटी प्रिन्टिङ प्रेसमा घोटाला प्रकरण, कार्यकारी निर्देशकसहित ९ जना विरुद्ध मुद्दा दायर

सेक्युरिटी प्रिन्टिङ प्रेसमा घोटाला प्रकरण, कार्यकारी निर्देशकसहित ९ जना विरुद्ध मुद्दा दायर



काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटाला भएको भन्दै केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जना विरुद्ध मुद्धा दायर भएको छ । करिव २७ अर्ब रुपैयाँ घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

laxmi

अख्तियारले कार्यकारी निर्देशक पौडेललाई ६९ करोड ८ लाख ८१ हजार ८ सय ५४, सिडिई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार ९ सय ४५, सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार ८ सय २७ रुपैयाँ बिगो दाबीसहित मुद्धा हालेको छ ।

यस्तै केन्द्रका लेखा अधिकृतबाट निवृत्त रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड एक लाख ३९ हजार सात सय ४६, रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार ९ सय २१, भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र मित्रलाल गुरौविरुद्ध ८ लाख ६९ हजार रुपैयाँ बिगो दाबी सहित मुद्धा हालेको हो ।

उनिहरुले अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत खरिद प्रक्रिया स्वीकृत गरेको आरोप छ । यसतै खरिद सम्झौताविपरीत गुणस्तरहीन ‘इलेक्ट्रिक ट्रान्सफर्मर’ स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्नेलगायतका कामहरु उनिहरुले गरेको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL