Logo

Global_Ime

नदी किनारमा बस्नेलाई काठमाडौं महानगरको सातदिने अल्टिमेटम, नमाने संरचना हटाउने खर्च पनि सम्बन्धितले बेहोर्नुपर्ने

नदी किनारमा बस्नेलाई काठमाडौं महानगरको सातदिने अल्टिमेटम, नमाने संरचना हटाउने खर्च पनि सम्बन्धितले बेहोर्नुपर्ने



काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी किनारमा बसोबास गर्नेलाई सात दिनको अल्टिमेटम दिएको छ । नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना बनाएर बस्नेलाई एक साताभित्र हटाउन निर्देशन दिएको हो ।

laxmi bank orange saving
NABIL

शनिबार एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न समेत सूचनामार्फत सूचित गरेको छ ।

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरले नदी किनारका बस्तीलाई बारम्बार जानकारी गराएको र अब यो सूचनाको पनि अवज्ञा गरेमा स्थानीय सरकार सञ्चालन एने २०७४ प्रयोग गरिने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc