Logo

होली अर्थतन्त्र : पर्व नेपालीको व्यापार चिनियाँको, भारतदेखि नेपालसम्म चिनियाँ वस्तुकै अधिपत्य

होली अर्थतन्त्र : पर्व नेपालीको व्यापार चिनियाँको, भारतदेखि नेपालसम्म चिनियाँ वस्तुकै अधिपत्य



काठमाडौं । भारत, नेपालसँगै हिन्दुहरुको बसोबास भएका स्थानमा करीब एक साता होली अर्थात फागुपूर्णिमाको उत्साह रहन्छ । नेपालमा आज पहाडी र हिमाली क्षेत्रमा फागुपूर्णिमा मनाइादैछ भने भोलि तराईमा होली पर्व मनाइन्छ । हिन्दुहरुसँगै अन्य धर्मालम्वीलेसमेत रंगहरुको पर्व, होलीलाई अहिले भव्यता साथ मनाउने गरेका छन् ।

laxmi

होली पर्व मात्रै होईन व्यापारीहरुका लागि व्यापार गर्ने समय पनि हो । कोरोना महामारीका कारण २ बर्ष होली मनाउन नपाएका नेपालीले गएको वर्ष उल्लासपूर्ण रुपमा होली मनाए । त्यति मात्रै होईन यस पर्वकमा रंग, पिचकारी, बेलुनलगायतको व्यापार पनि फष्टायो । जसका कारण चिनियाँ सामानको व्यापार गर्ने व्यापारी मालामाल बने ।

नेपालमा खपत हुने धेरै वस्ुत भारतबाट आउने भएपनि होलीका लागि धेरैजसो चिनियाँ वस्तुहरले बजारमा राज गरिरहेको देख्न सकिन्छ । भारतीय बजारकै कुरा गर्दा प्रत्येक बर्ष भारतमा १ खर्ब बढीको होलीसम्बन्धीको चिनियाँ वस्तुको व्यापार हुन्छ । गएको बर्ष होलीका अवसरमा अन्य समयको तुलनामा कुल आन्तरिक व्यापार ३० प्रतिशतले बढेको बताइएको छ ।

अल इण्डिया व्यापार परिषदका अनुसार गत बर्ष होलीका अवसरमा भारतभरका व्यापारीले २ खर्ब रुपैयाँ बढीको बेलुन, पिचकारीलगायतको व्यापार गरेका थिए । हरेक बर्ष भारतीय बजारमा १ खर्ब बढीको चिनियाँ खेलौना, रंग र बेलुनको व्यापार हुने गरेको थियो । तर, गत बर्ष भने २ खर्ब रुपैयाँ बराबरको व्यापार भारतीय वस्तुकै भएको परिषदले बताएको छ ।

यसले पछिल्लो समय भारत पनि होलीमा उपभोग हुन वस्तुको उत्पादनमा सक्रिय बनेको देख्न सकिन्छ । तर, नेपालको अवस्था भने फरक छ । नेपालमा पनि हरेक बर्ष फागु पुर्णीमाका दिन र भोलीपल्ट दुई दिन धुमधाम होली मनाईन्छ । नेपालमा होलीका अवसरमा प्लाष्टिक, पिचकारी, बेलुन रंगलगायतको व्यापार र उपयोग हुन्छ । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्म २ अर्ब ३१ करोड रुपैयाँ बढीको ६३ लाख ३१ हजार रुपैयाँ बढी रंग आयात भएको छ ।

यति मात्रै होइन यस अवधिसम्म नेपालमा ४४ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख बढी खेलौना आयात भएका छन् । यस्तै यसै अवधिमा १ करोड ६२ लाख रुपैयाँ बढीको ३५ हजार १९ किलो खेलौना बेलुनसमेत आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL