Logo

अर्थमन्त्री पौडेल र युएसएआइडी प्रमुख पावरबीच भेट, एमसीसी परियोजना कार्यान्वयनको आग्रह

अर्थमन्त्री पौडेल र युएसएआइडी प्रमुख पावरबीच भेट, एमसीसी परियोजना कार्यान्वयनको आग्रह



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

laxmi

आज (बुधबार) सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसिसी) को कार्यान्वयनमा जोड दिएकी थिइन् ।

उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी उनी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम छ ।

स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्नेछिन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL