Logo

सरकारी कार्यलय विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म संचालन, मन्त्री पण्डितले गरे उद्घाटन

सरकारी कार्यलय विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म संचालन, मन्त्री पण्डितले गरे उद्घाटन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ पुस, काठमाडौं । सरकारले जनताको सुविधाका लागि विहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सरकारी कार्यालय संचालनमा ल्याएको छ । उसले पुस १ गतेदेखि बढी भिडभाडहुने पाँच विकास क्षेत्रका ५ वटा कार्यालय विहानदेखि बेलुकासम्म संचालनमा ल्याएको हो ।

सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले आज विहान काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आफैले  पासपोर्ट वितरण गरेर विहानदेखि बेलुकीसम्मको सेवा संचालनमा ल्याएका हुन् । यस्तै, मन्त्री पण्डितले वैदेशिक रोजगा विभाग र राहदानी विभाग पनि यो सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी काठमाडौंको टेलिकमको महशुल काउन्टर, यातायात कार्यालय पनि बाह्रै घण्टा खुला रहने भएको छ ।

पहिलो चरणमा काठमाडौंका साथै रुपन्देही, बाँके, मोरङ र कैलालीका बढी भिडभाड हुने कार्यालयहरु पनि विहानदेखि बेलुकीसम्मै संचालन हुनेछ । ती जिल्लाका मालपोत र नापी कार्यालयजस्ता जनताको बढी काम हुने कार्यालयहरु बाह्रै घण्टा संचालन हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL