Logo

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, यस्तो छ कारोबार मूल्य

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, यस्तो छ कारोबार मूल्य



काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढ्दै १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

यस्तै आज चाँदीको मूल्य हिजोको तुलनामा बढेर प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर १३ सय ८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL