Logo

६८ जना यात्रु रहेको यती एयरको विमान पोखरामा दुर्घटना

६८ जना यात्रु रहेको यती एयरको विमान पोखरामा दुर्घटना



काठमाडौं । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान आइतबार दुर्घटनामा परेको छ ।

कास्की प्रहरीका अनुसार विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना भएको हो । दुर्घटनास्थल पोखरा महानगर ७ र १७ वडाको बिचमा सेती नदीको खोच रहेको बताइएको छ ।

विमानमा ६८ जना यात्रु रहेको बताइएको छ । अहिले जलिरहेको विमानको आगो निभाउने प्रयास भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL