Logo

लगातार उकालो लाग्दै सुनको मूल्य, आज प्रतितोला ३ सयले बढ्यो

लगातार उकालो लाग्दै सुनको मूल्य, आज प्रतितोला ३ सयले बढ्यो



काठमाडौं । पछिल्लो समय विश्व बजारमै सुनको मूल्यमा लगातार वृद्धि भईरहेको छ । यसले नेपाली बजारमा पनि प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा पनि सुनको मूल्य लगातार बढेर १ लाख २ हजार नजिक पुगिसकेको छ ।

laxmi

आईतबार प्रतितोला ३ सय रुपैयाँले बढ्दा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL