Logo

प्रचण्डले राष्ट्रपतिसमक्ष गरे दावी पेश, १६७ सांसदको समर्थनसहित ४४ औं प्रधानमन्त्री बन्दै

प्रचण्डले राष्ट्रपतिसमक्ष गरे दावी पेश, १६७ सांसदको समर्थनसहित ४४ औं प्रधानमन्त्री बन्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदका लागि दावी पेश गरेका छ । १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्नका लागि उनले आफ्नो दावी पेश गरेका हुन् ।

laxmi

सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि उनी आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्न बालकोट पुगेका थिए । उक्त वार्तामा एमाले, माओवादीलगायतबीच सहमति भएको थियो ।

प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत , नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समर्थन दिएका छन् ।

प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६७ सांसदले समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL