Logo

राष्ट्रपतिद्वारा माल्दिभ्समा मिश्र र न्यूजिल्याण्डका लागि पोखरेल राजदूतमा नियुक्त

राष्ट्रपतिद्वारा माल्दिभ्समा मिश्र र न्यूजिल्याण्डका लागि पोखरेल राजदूतमा नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र न्यूजिल्याण्डका लागि राजदूत नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रीलंकाका लागि राजदूत रहेका बासुदेव मिश्रलाई माल्दिभ्सका लागि राजदूत नियुक्त गरिएको छ भने अष्ट्रेलियका लागि राजदूत रहेका कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL