Logo

ब्राजिल र नेदरल्यान्ड्स कतार विश्वकपबाट बाहिरिए, आज पनि क्वाटरफाइनलमा दुई महत्वपूर्ण भिडन्त

ब्राजिल र नेदरल्यान्ड्स कतार विश्वकपबाट बाहिरिए, आज पनि क्वाटरफाइनलमा दुई महत्वपूर्ण भिडन्त



काठमाडौं । कतार विश्वकप २०२२मा गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै मिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

laxmi

शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । जहाँ गोलरक्षक मार्टिनेज चम्किदा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गर्यो ।

राति नै भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा प्रवेश गरेको थियो । नेदरल्यान्ड्सको तर्फबाट टिउन कुपमाइनर्स, वाउट वेगहस्र्ट र लुक डी योङले पेनाल्टीमा गोल गरेका थिए । अर्जेन्टिनाको तर्फबाट कप्तान लियोनेल मेसीसहित लियान्द्रो परेडेस र गोन्जालो मोन्टियल र लाउटारो मार्टिनेजको प्रहार गोलमा परिणत भएको थियो ।

क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

गोलकिपर डोमिनिक लिभाकोभिचले लगातार पेनाल्टी सुट आउटमा चम्किएपछि क्रोएसियाका कतार फिफा विश्वकप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ । क्रोएसियाले क्रोएसिया पाँच पटकको पूर्व विजेता ब्राजिललाई ४–२ ले हराउँदै अन्तिम चार पुग्न सफल भएको हो ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको खेलको अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेका थिए । यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

लिभाकोभिचले ब्राजिलका रोड्रिगोको प्रहार रोकेका थिए । यसैगरी मार्किन्होले प्रहार गरेको बल पोलमा ठोकिएको थियो । ब्राजिलको लागि कासेमिरो र पेड्रोले गोल गरेका थिए । क्रोएसियाका तर्फबाट निकोला भ्लासिच, लेभ्रो मायर, कप्तान लुका मोडरिच र मिस्लाभ ओर्सिचले पेनाल्टीमा गोल गरेका थिए ।

कतार विश्वकपअन्तर्गत आज महत्वपूर्ण दुई भिडन्तमा पोर्चुगलले मोरक्कोसँग र फ्रान्सले इग्ल्याण्डसँग सोमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL