Logo

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो, चाँदीको मूल्य पनि उच्च

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो, चाँदीको मूल्य पनि उच्च



काठमाडौं । नोपली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १३ सय ९० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL