Logo

बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै धरानका मेयर हर्क साम्पाङले भने–अब स्वतन्त्रहरु एक हुने बेला आयो

बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै धरानका मेयर हर्क साम्पाङले भने–अब स्वतन्त्रहरु एक हुने बेला आयो



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै उनले उनले आफू मेयर बालेनको पक्षमा रहेकोसमेत स्पष्ट पारेका छन् ।

‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो बेला अरुले साथ देऊन नदेऊन, तर मेरो साथ रहने छ !’

मेयर शाह र अमेरिकी राजदूतको भेटको विषयलाई लिएर एमाले नेता भीम रावलले सामाजिक सञ्जालमा प्रश्न उठाएका थिए। केही दिनअघि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मेयर शाहको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This