Logo

झापा पुगेर ओलीले भने : मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो

झापा पुगेर ओलीले भने : मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उनले बताए । यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्क उनको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL