Logo

सिन्धुली २ बाट माओवादीले खोल्यो खाता, माओवादी केन्द्रका दाहाल विजयी

सिन्धुली २ बाट माओवादीले खोल्यो खाता, माओवादी केन्द्रका दाहाल विजयी



काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी ५ हजार ८ सय ३० मतान्तरले विजयी भएका हुन् ।

laxmi

दाहालले २७ हजार ५ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL