Logo

विनोद चौधरीले बढाए अग्रता, १२ सय मतले गरे लिड

विनोद चौधरीले बढाए अग्रता, १२ सय मतले गरे लिड



काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा विनोद चौधरीले अग्रता बढाएका छन्। चौधरीले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार २ सय मतले लिड गरिरहेका हुन्।

laxmi

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठाकुरीले पच्छ्याइरहेका छन्। अहिलेसम्म चौधरीले ११ हजार ६ सय ४० मत ल्याएका छन् भने ठकुरीले १० हजार ४ सय ४० मत पाएका छन्।

एमालेसँगको तालमेलमा उम्मेदवार बनेका हृदयेश त्रिपाठीले ८ हजार ९५३ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL