Logo

निर्वाचन भएको ४ दिनपछि मुगुको मतगणना सुरु, मतपेटिका संकलन गर्नै ३ दिन लाग्यो

निर्वाचन भएको ४ दिनपछि मुगुको मतगणना सुरु, मतपेटिका संकलन गर्नै ३ दिन लाग्यो



काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

laxmi

‘मुगुमा ४ स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो’, उनले भने, ‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण २ दिन लगाएर मतपेटिका सदरमुकाम पुर्याइएको थियो ।’

प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेदेखि मतगणना सुरु भएको बताइ । उनका अनुसार मुगुमा ३४ हजार ९ सय ६२ मतमध्ये २६ हजार ६ सय १५ (७४.४९ प्रतिशत) मत खसेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL