Logo

मेघौलिमा चौधरी समूहको रिसोर्ट, व्यवस्थापनको जिम्मा ताजलाई

मेघौलिमा चौधरी समूहको रिसोर्ट, व्यवस्थापनको जिम्मा ताजलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधरी समूहले चितवनको मेघौलीमाअन्तरराष्ट्रिय  स्तरको जंगल सफारी रिसोर्ट सञ्चालनमा ल्याएको छ । समुहले सञ्चालनमा ल्याएको ‘मेघौली सराइ’को प्रशिद्ध अन्तर्रा्ष्ट्रिय ब्रान्ड ताज होटल्स एण्ड रिसोर्टसको ताज सफारिजले व्यवस्थापन सम्हालेको छ । ताजसँगको सहकार्यले नेपालको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।

समुहले उच्च गुणस्तरका पर्यटकलाई ध्यानमा राखी सो रिसोर्ट सञ्चालनमा ल्याएको हो । राप्ती नदी किनारमा रहेको यस रिसोर्टको प्रत्येक कोठा र सुइटबाट निकुञ्ज र त्यहाँका वन्यजन्तुको रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।

त्यस्तै रिसोर्टमा १३ कोठा, प्राइभेट स्वीमिङ पुलसहितको १६ भिल्ला तथा एक प्रेसिडेन्सियल सुइट गरी कूल ३० वटा कोठाहरु रहेका छन् ।
नेपालमा उच्च गुणस्तरका पर्यटकको आगमनमा बृद्धि गर्न सम्भव छ भन्ने उद्देश्यकासाथ हामीले मेघौली सराइ सञ्चालनमा ल्याएको सिजी होटल्स एण्ड रिसोट्र्सका सिइओ राहुल चौधरीले बताए ।cg hotel,साथै रिसोर्टमा उच्चकोटीको सेवा सुनिश्चित गर्नका लागि अन्तरराष्ट्रियस्तरमा ख्यातिप्राप्त ताज होटल्स एण्ड रिसोटर््ससँग साझेदारी गर्न पाउँदा गर्वलागेको बताए ।

ताज होटल्स् एण्ड रिसोर्टस्का सिनियर भाइस प्रेसिडेन्ट रोहित खोसलाले विश्वमा पर्यटक गन्तव्यहरु विकास गर्नमा ताजले प्रसिद्धि कमाएको पृष्ठभुमिमा चितवनमा मेघौली सराइ सञ्चालन गर्न पाउँदा गौरवान्वित भएको बताए ।‘रिसोर्टमार्फत यहाँको समुदाय र यस क्षेत्रकै सेवामा थप योगदान गर्ने हाम्रो प्रयास रहनेछ’ उनले भने ‘ताज हस्पिट्यालिटीको सेवा नेपालमा विस्तार गर्न पाउँदा हामी हषिर्त छौं ।’

यो रिसोर्टमा पुग्न काठमाडौंबाट भरतपुरसम्म २० मिनेटको हवाई यात्रापश्चात ४५ मिनेटको मोटरयात्रा गर्नुपर्नेछ । काठमाडौंबाटै रिसोर्टसम्मको मोटर यात्रा करिब ५ घण्टाको रहेको छ ।

त्यस्तै रिसोर्टमा आउने अतिथिहरुको लागि जंगल सफारी, नौकासवारी, वन्यजन्तु अवलोकनलगायत अन्य विविध क्रियाकलापमा सहभागी हुने व्यवस्था मिलाईएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL