Logo

भियतनाममा डेंगु संक्रमितको संख्या लगातार बढ्दो, १० महिनामा १०२ जनाको मृत्यु

भियतनाममा डेंगु संक्रमितको संख्या लगातार बढ्दो, १० महिनामा १०२ जनाको मृत्यु



काठमाडौं । भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म करिब २ लाख ६० हजार जना डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण १० महिनामा १०२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै ५ गुणा बढेको पनि मन्त्रालयले जनाएको छ । नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ ।

हो ची मिन्ह सिटी अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रविन्दुको रुपमा रुहेको छ । यस अवधीमा करिब ७० हजार सङ्क्रमण र २९ जनाको मृत्यु भएको छ । राजधानी हनोईमा १२ जनाको मृत्युको हुनको साथ ८ हजार भन्दा बढी घटनाहरू देखिएका छन् ।

डेंगु ज्वरो बाहेक, भियतनामले हालै अन्य रोगहरूको जटिल विकास पनि भएको देखिएको छ । उत्तरी बाक कान प्रान्तमा, ८ सय भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरू रहस्यमय फ्लूबाट आएको बताइएको छ । तीमध्ये एक आठ वर्षीय बालकको मृत्यु भएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL