Logo

अर्थमन्त्री भन्छन्, दक्षिण एसियाली मुलुकहरुको विकासका लागि स्थीर, दिगो र सक्षम सरकार चाहिन्छ

अर्थमन्त्री भन्छन्, दक्षिण एसियाली मुलुकहरुको विकासका लागि स्थीर, दिगो र सक्षम सरकार चाहिन्छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवादादाता ।

अर्थमन्त्री डा. रामशरण महतले दक्षिण एसियाली मुलहरुको विकासका लागि स्थीर, दिगो र सक्षम सरकार आवश्यक रहेको बताए । अर्थमन्त्री डा महतले भारतको महाराष्ट्रस्थित सिम्बोसिस इन्टरनेसनल युनिभर्सिटीद्वारा पुनेमा आयोजित इन्डियाज लुक इस्ट, एक्ट इस्ट पोलिसी सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विशिष्ट वक्ताको रुपमा बोल्दै सो कुरा बताएका हुन् । ‘लुक इस्ट नीतिबारे चर्चा गर्दै अर्थमन्त्री डा महतले बिगत २५ बर्षमा पूर्वी एसियाली मुलुकहरुको ७ प्रतिशतको उल्लेख्य प्रगति हासिल गरेका छन्,’ उनले भने, ‘यसको मुख्य कारण स्थीर, सक्षम र विश्वसनीय सरकार हो ।’ यसमा दक्षिण एसियाली मुलुकहरु पनि एक भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

डा. महतका अनुसार पूर्वी एसियाली मुलुकहरुले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने अनुकूल नीतिहरु कार्यान्वयनमा ल्याएका कारण उनीहरु उत्पादन र व्यापारको प्रमुख केन्द्र बन्न सफल भएका हुन् । साथै, व्यापार विस्तारका लागि सडक यातायात, बन्दरगाह आधुनिक सेवा सुविधाहरु, दक्ष जनशक्तिको उत्पादनका कारण अगाडि बढेको उनको भनाइ थियो । उहाँले दक्षिण एसियाली क्षेत्रले सबै किसिमका उत्पादनमा जोड नदिइकन आफ्नो क्षमता र ज्ञान अनुसार सीमित विशिष्टिकृत उत्पादनहरु गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा अर्थमन्त्री डा महतले भारतसँग नेपालको व्यापारघाटा नयाँ उचाईमा पुगेको र सो घाटा कम गर्नका लागि घटाउनका लागि भारतको ठूलो सहयोगको आवश्यकता रहेको बताएका छन् । नेपाल र भारतबीचको व्यापारघाटाको रेसियो १ः८ को रेसियोमा पुगेको बताउँदै भारतसँगको व्यापार घाटा नेपालको कुल ग्राह्स्थ्य उत्पादनको २० प्रतिशत बरावरको हिस्ता रहेको बताए । हाल नेपालको भारतसँगैको व्यापारघाटा करिब ४ अर्ब डलर रहेको छ । ‘सन् १९९६ मा दुई मुलुकबीच भएको वाणिज्य सन्धिका कारण नेपालको भारतसँगको व्यापार राम्रो रहेको थियो,’ उनले भने, ‘तर, सन २००२ मा उक्त सन्धिमा संशोधन गरी रुल्स अफ ओरिजिन र न्युनतम भ्यालु एडसम्वन्धी व्यवस्था थपिएपछि नेपालको भारत तर्फको निर्यात घटी आयात भने बढेको छ ।’

IMG_0037

नजिकको छिमेकी भएका कारण भारत नेपालको स्वाभाविक व्यापार साझेदार भएको चर्चा गर्दै उनले यति ठूलो व्यापारघाटा दिगो बन्न नसक्ने बताए । ‘हामी निर्यातमा विविधिकरण गरी व्यापारघाटालाई घटाउन चाहन्छौं,’ उनले भने, ‘तर, यसमा भारतले सहयोग गर्नुपर्छ ।’ कृषि र ऊर्जा आर्थिक सम्वन्ध विकासका सन्दर्भमा नेपालका लागि गेम चेन्जर क्षेत्रहरु भएको चर्चा गर्दै अर्थमन्त्री डा महतले भारत तथा पूर्वी एसियाली मुलुकहरुमा मध्यमवर्गको उदयले नेपालले आफ्नो पर्यटकीय संभावनाबाट फाइदा लिन सक्ने बताए ।

उनका अनुसार गत अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि उर्जा विकासको क्षेत्रमा ऐतिहासिक प्रगति हासिल भएको छ । ‘भारतसँग विद्युत व्यापार सम्झौता सम्पन्न भएको छ भने ९÷९ सय मेगावाट क्षमताका माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता ठूला विद्युत आयोजनाहरुको सञ्चालनका लागि विद्युत आयोजना विकास सम्झौता भएका छन,’ उनले भने । त्यस्तै ६ हजार मेगावाट क्षमताको पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको अवरुद्ध भएको काम पनि अहिले अगाडि बढिसकेको छ भने तामाकोशी तेस्रो र माथिल्लो मस्र्याङदी जस्ता दुई ठूला विद्युत आयोजनाहरु पनि अगाडि बढिरहेका छन् । सो अवसरमा अर्थमन्त्री डा महतले विगत १ बर्षमा ८ सय मेगावाट विद्युत मात्र उत्पादन भएको चर्चा गर्दै आगामी १० बर्षमा दशैं गुणाले विद्युत उत्पादन हुने दावी गरे । नेपालमा लगानीको वातावरण राम्रो भएको कारणले विद्युत क्षेत्रमा यी क्रान्तिकारी प्रगतिहरु सम्भव भएको र नेपालको उर्जाले भारतको ठूलो बजार प्राप्त गरेको छ ।

भारतले आफ्नो अन्तर्राष्ट्रिय महत्व बढाउन लुक इस्ट नीतिबारे छलफलका श्रृंखलाहरु सञ्चालन गरिरहेको छ । सो अवसरमा नेपालबाट उच्च महत्वका साथ विशिष्ट वक्ताको रुपमा अर्थमन्त्री डा महतलाई आमन्त्रण गरेको थियो । दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनको अर्थमन्त्री डा महत र भारतका यातायातमन्त्री नितिन गड्करीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
आगामी दशकमा भारत विश्व उत्पादनमा प्रमुख खेलाडीको रुपमा स्थापित हुने चर्चा गर्दै उनले निजी लगानीकर्ताहरुबारे भारतको सकारात्मक दृष्टिकोण विकास भएको बताए । साथै, अटो क्षेत्रको विकास यसको राम्रो उदाहरण रहेको उनको भनाइ थियो । भारतले पछिल्लो समयमा विदेशी लगानीकर्ताहरुलाई हार्दिकतापूर्वक स्वागत गरिरहेकोले अर्थतन्त्रले गति लिनेछ ।

सो अवसरमा उनले सफलतापूर्वक सम्पन्न सार्कको १८ औं बैठक र अर्को बर्ष हुन लागेको बिमिस्टेकको बैठकले पनि यस क्षेत्रका समस्याहरुको पहिचान गरी समाधानका उपाय निकाल्ने बताए । तर, सो क्षेत्रको विकासका लागि उर्जा लगायत अन्य क्षेत्रको कनेक्टिभिटी अपरिहार्य भएको उनको भनाइ थियो ।

कार्यक्रममा भारतका यातायातमन्त्री नितिन गडकरीले भारतले छिमेकसँग राम्रो सम्वन्ध स्थापित गर्न चाहेको बताए । यस क्षेत्रको विकासको लागि पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिदै उनले सो अवसरमा दिल्ली काठमाडौं बससेवालाई प्रभावकारी बनाउन बढी सुविधाजनक सडक सुधार हुनुपर्ने बताए । दुई दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंकाका मन्त्रीहरु तथा अन्य करिब ३५ मुलुकका कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL