GBIME

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण


बिजखबर संवाददाता
6 October, 2022 6:38 pm

बुद्ध एयरको जहाज भरतपुरमा आकस्मिक अवतरण, बाँयाँ ईन्जिनमा समस्या

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ ।

NABIL
lAXMI_BANK

अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो ।

त्यसपछि पुनः त्यहाँबाट उडेको विमान १०ः२५ मा मात्र काठमाडौँमा अवतरण गरेको छ । झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले बताउनुभयो । बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएका कारण विमान जनकपुरमा अवतरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL