Logo

राष्ट्रपतिबाट फिर्ता भएको विवादास्पद नागरिकता विधेयक प्रतिनिधि सभाबाट पुनः बहुमतले पारित

राष्ट्रपतिबाट फिर्ता भएको विवादास्पद नागरिकता विधेयक प्रतिनिधि सभाबाट पुनः बहुमतले पारित



काठमाडौं । नागरिकता विधेयक पुनः बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको विधेयक प्रतिनिधिसभामा पुगेर मतविभाजन पछि १ सय ३५ जनाले यसको पक्षमा मतदान गर्दा बहुमतले पारित भएको हो ।

सभामुख अग्निपसाद सापकोटाले बिहीबार नागरिकता विधेयक पहिलेजस्तै पारित गर्नेगरी प्रस्ताव गरेका थिए । उनको प्रस्तावको पक्षमा १ सय ३५ जनाले मतदान गरेका छन् ।

यस्तै प्रस्तावको विपक्षमा ६० जनाले मतदान गरेको स्रोतले जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले केहिदिन अघि यसका केहि बुँदाहरु नमान्य भएकाले पुनः संशोधनसहित पारित गर्न निर्देशनसमेत दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्
MBL