Logo

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार आवश्यक देखिएको ठहर (पत्रसहित)

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार आवश्यक देखिएको ठहर (पत्रसहित)



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । राष्ट्रपति भण्डारीले आइतबार पुनर्विचारका लागि नागरिकता विधेयक फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

laxmi

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ।”

प्रतिक्रिया दिनुहोस्
MBL