Logo

सरकारद्धारा अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई नै दिने निर्णय, राजस्व सचिवमा दंगाल

सरकारद्धारा अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई नै दिने निर्णय, राजस्व सचिवमा दंगाल



काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मा कृष्णहरि पुष्करलाई नै दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव बनाउने निर्णय गरेको हो ।

laxmi

यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL