GBIME

श्री एअरलाइन्सको जहाजमा धुवाँ देखियो, नेपालगञ्जमा आकस्मिक अवतरण


बिजखबर संवाददाता
4 August, 2022 12:00 pm

shree_airlince

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा आज श्री एअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्री एअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए ।

NLIC
LAXMI

उनका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्री एअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताए । ‘काठमाठौँबाट इञ्जिनीयरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ’चौधरीले भने ।

विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फूल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक चाँच सुरू भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL