Logo

बेलायती राजकुमार ह्यारी काठमाडौंमा, याक एण्ड यतीमा विशेष स्वागत

बेलायती राजकुमार ह्यारी काठमाडौंमा, याक एण्ड यतीमा विशेष स्वागत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बेलायती राजकुमार हृयारी नेपाल आइपुगेका छन् । उनी कतार एयरवेजबाट काठमाडौं आएका हुन् । उनको भ्रमण टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी ३० जनाभन्दा बढी रहने बताइएको छ ।

ह्यारीले परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बेलायतबीचको कुटनितिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा शनिबार अपराह्न याक एन्ड यती होटलमा आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागी हुँदैछन् । ह्यारीले शनिबार ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन् ।

त्यस्तै भने आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

ह्यारीले भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरुको पुननिर्माणबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL