Logo

चेम्बर अफ कमर्श गोरखाको तेश्रो साधारणसभा, स्थानीय उत्पादन प्रर्वद्धनमा चेम्बरले सघाउने अध्यक्ष मल्लको प्रतिबद्धता

चेम्बर अफ कमर्श गोरखाको तेश्रो साधारणसभा, स्थानीय उत्पादन प्रर्वद्धनमा चेम्बरले सघाउने अध्यक्ष मल्लको प्रतिबद्धता



काठमाडौं । चेम्बर अफ कमर्श गोरखाको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशन र नेपाल ओमेन चेम्बर्स गोरखाको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनको शनिबार नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उदघाटन गरेका छन् ।

laxmi

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले चेम्बरले स्थानीय उत्पादन प्रर्वद्धनमा सहयोग पुर्याउने उल्लेख गरे । मल्लले स्थानीय उत्पादनको ब्राण्डिङ गर्न चेम्बरले आवश्यक सहयोग र सहकार्यका लागि चेम्बर सधैं सहयोग गर्न तयार रहेको बताए ।

‘देशको आर्थिक विकास र सबल अर्थतन्त्रका लागि स्थानीय उत्पादनको बजारीकरणमा राज्यले ध्यान दिनुपर्छ । यसमा हामी सरकारसँग हातेमालो गरेर अघि बढन तयार छौं’, मल्लले भने । अध्यक्ष मल्लले मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशतभन्दा बढी योगदान हुनाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

उनले कृषिमा परम्परागत पद्धतिले उत्पादकत्व नबढ्ने भएकाले व्यावसायिक कृषिको प्रवद्र्धन हुनुपर्नेमा जोड दिए । कृषिलाई अभियानको रुपमा सञ्चालन गर्न जिल्ला चेम्बरसँग सहकार्य गर्न तयार रहेको उनले बताए । मल्लले गोरखा जिल्ला आफैंमा ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको उल्लेख गर्दै गोरखा जिल्ला पर्यटकीय दृष्टिकोणले देशकै महत्वपूर्ण क्षेत्रका रुपमा रहेको बताए ।

संघीयतामा गएसँगै उद्यम व्यवसायको विकास र नीतिगत बहस तथा विभिन्न प्रदर्शनीमा चेम्बर जोडिएको भन्दै जिल्ला र प्रदेश स्तरमा समेत चेम्बर विस्तार भएको मल्लले बताए ।

सभामा गोरखा चेम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जिल्लामा रहेका घरेलू, साना, ठूला तथा मझौला सबै किसिमका व्यवसायीलाई समेटर अघि बढ्न चेम्बर सफल भएको बताए । अध्यक्ष श्रेष्ठका अनुसार अधिवेशनले आजै नयाँ कार्यसमिति चयन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL